गठबन्धन कास्की–२ ले चिनायो उम्मेदवार, जनताको सेवा गर्ने दाबी

पाेखरा | असोज २९, २०७९

गठबन्धन कास्की–२ ले चिनायो उम्मेदवार, जनताको सेवा गर्ने दाबी

पोखरा : कास्की क्षेत्र नम्बर २ का साझा उम्मेदवार तथा नेकपा एकिकृत समाजवादीका ( एस )  नेता श्रीनाथ बरालले गठबन्धनबाट चुनाव जितेर सत्तामा पुग्न नभई जनताको सेवा गर्न खोजेको दाबी गरेका छन् । 

 

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा निर्वाचन २०७९, उम्मेदवार परिचय तथा निर्वाचन परिचालन समिति घोषणा कार्यक्रममा बोल्दै उम्मेदवार बरालले सो कुरा बताएका हुन् । 

 

‘निर्वाचन जित्न पाँच दलीय बन्धन बनाएर बाहिर नराम्रो सन्देश दिने गरी प्रचार गरिएको छ’ उनले भने, ‘सत्ताको मोह नभएर जनताको सेवामा निर्वाधरुपमा लाग्न गठबन्धन बनाएर जनताको माझ आएको हौं । 

 

बरालका अनुसार प्रतिपक्षले गठबन्धन विरुद्ध जनतामा अफवाह फैलाउँदै गलत सन्देश सम्प्रेषण गरिरहेका छन् । 

 

कास्की क्षेत्र नम्बर २ को साझा समस्या र स्थानीय तहले अगाडी सारेका पुर्वाधार विकासलाई अगाडी बढाउन जनताको माझ आएको उम्मेदवार बरालले बताए ।

 

‘कास्की क्षेत्र नम्बर दुईमा विद्यार्थीको समस्या, युवाको समस्या, किसानको समस्या, भुमिहिनको समस्या, व्यापारीको समस्यासँगै सबैको साझा समस्यालाई केन्द्र सरकारसम्म पु¥याउन गठबन्धनबाट साझा उम्मेदवार भएर आएको छु’ उनले भने । 

 

यस्तै कास्की क्षेत्र नम्बर २ प्रदेश सभा (क) का उम्मेदवार विश्वप्रकाश लामिछानेले यस क्षेत्रको आर्थिक नैतिकरुपमा विकास गर्न गठबन्धनबाट आफु जनतामाझ पुनः आएको बताए । 

 

पोखरा प्राकृतिक रुपमा धनी छ भन्दै अब यसलाई थप विकास गर्न आफ्नो उम्मेदवारी भएकोे लामिछानले उल्लेख गरे । 

 

‘पोखरामा प्राकृतिक रुपमा धनी छ’ उनले भने, ‘पोखराको केही क्षेत्रमा विकासको पुर्वाधारले सिगार्न सके मुलुकको प्रमुख गन्तव्य बन्न सक्छ ।’

 

यस्तै गण्डकी प्रदेश सभा सदस्य कास्की क्षेत्र नम्वर २ ‘ख’का उम्मेदवार विन्दुकुमार थापाले गठबन्धनको उम्मेदवार भन्दा पनि साझा उम्मेदवार लिएर जनता माँझ आएको स्पष्ट पारे । 

 

गठबन्धनबाट सत्तामा पुग्न बाहिर नराम्रो प्रचार गरिएको भन्दै उम्मेदवार थापाले गठबन्धन सत्तामोहकालागि नभई जनताको साझा समस्यालाई सम्बोधन गर्न भएको टिप्पणी गरे ।

 

उम्मेदवार परिचय कार्यक्रममा सहभागी प्रतिनिधिसभा र प्रदेश सभाका सदस्य उम्मेदवारहरुले यसपटक नेकपा एमालेको बर्चश्व तोड्ने दाबी गरेका छन् । 
 

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।  नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

थप पढ्नुहोस्

काठमाडौं:   नेकपा (एमाले) को ११ औं महाधिवेशनबाट निर्वाचित हुनुभएका पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । महाधिवेशनले सामयिक राजनीतिक प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ। भक्...

थप पढ्नुहोस्